
एजेन्सी । रिलायन्स ईन्डस्ट्रीजका कर्मचारीहरूले दिपावाली अघि ठूलो उपहार पाउने भएका छन्। कम्पनीले कर्मचारीहरूको तलब कोरोना पूर्व अबस्थामा फिर्ता ल्याउने निर्णय गरेको छ । यसको मतलब तिनीहरूको तलब कटौती हटाइनेछ । र, कर्मचारीहरूलाई दिपावाली बोनस समेत दिइनेछ ।
रिलायन्स इंडस्ट्रीजले कोविड १९ को पछिल्लो अबस्थामा कामदारहरुको तलब यथावत गर्ने निर्णय गरेको छ । यस बाहेक रिलायन्स व्यवस्थापन बोनस दिने निर्णय गरेको छ । समाचार एजेन्सी पीटीआई सूत्रहरूले उद्धृत गर्दै रिलायन्सले अर्को बर्षको भेरियबल अग्रीम भुक्तानी दिने छ । अर्थात भेरियबलको ३० को अग्रिम भुक्तानी पनि एक लाखभन्दा बढी कर्मचारीले पाउने छन । गत वर्ष भेरिएबलको तलबको ३० प्रतिशत एडभान्स पाउनेछन ।
रिलायन्सले यो निर्णय कोरोना महामारीमा पनि काम गरिरहेको कर्मचारीको भलाईको लागि र अतिरिक्त समय काम गर्ने कर्मचारीका लागि यो सेवा सुविधा ल्याएको हो । वार्षिक १५ लाखभन्दामाथि तलब लिनेहरूको तलब घटाइएको थियो ।
यस वर्ष अप्रिलमा कोरोना संकटको बीचमा रिलायन्सले आफ्नो हाइड्रो कार्बन डिभिजनका कर्मचारीहरूको तलब १० देखि ३० प्रतिशत घटाएको थियो । यस बाहेक वार्षिक नगद बोनस र कार्यदक्षतामा आधारित प्रोत्साहन पनि बेवास्ता गरिएको थियो । रिलायन्सको हाइड्रोकार्बनहरू अर्थात् रिफाइनरी र पेट्रोकेमिकल व्यवसाय देशभर लकबडाउनको कारण गम्भीर क्षतिग्रस्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस