aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

देशको क्रेडिट रेटिङपछि विदेशीले अझै पत्याउछन् : अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
देशको क्रेडिट रेटिङपछि विदेशीले अझै पत्याउछन् : अर्थमन्त्री

काठमाडौं ।  अर्थमन्त्री डा. युवराज खतिवडाले निक्षेपको सुरक्षण गर्ने अवधारणा आएसँगै कोही पनि मेरो निक्षेप डुब्न लाग्यो भनेर बैंकको काउन्टरमा जानुपर्ने अवस्था नरहेको बताएका छन् । आज निक्षेप तथा कर्जा संरक्षण कोषको भवन शिलान्यास गर्दै अर्थमन्त्रीले सो कुरा बताएका हुन् । 
त्यसक्रममा अर्थमन्त्री खतिवडाले नेपाली बैंक राम्रो भएकाले विदेशी बैंकले पनि पत्याउन थालेको र ऋण दिन थालेको बताउँदै  देशको क्रेडिट रेटिङपछि अझ धेरै विश्वास हुने बताए । 
उनले भने–‘कुनै पनि बैंकमा निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना भएपछि बैंकको निक्षेप डुब्यो भन्नु पर्ने अवस्थाको अन्त्य भएको छ । ’
बैंकको क्षमता बढाउने, बैंकको कारोबार कढाउने, बैंकको व्यवस्थापनमा सुधार गर्ने पारदर्शिता ल्याउने, निश्क्रिय रूपले अनुपात घटाउने, केही परिसुचकरू पालना गराउने जस्ता कार्यले गर्दा दक्षिण एसियामा सबै भन्दा सुदृढ बैंकिक प्रणाली नेपालमा रहेको उनको दाबी छ । 
कुनै पनि जोखिम नभएको अवस्थामा कोषले दुई अर्बभन्दा माथिको नाफा गरेको छ । भोलिका दिनमा हुन सक्ने जोखिमको पूर्वानुमान गर्दै आफ्नो क्षमता बढाउन उनले कोषलाई निर्देशन दिए। हाल कोषको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ। कोषलाई बलियो बनाउन अझै दुई अर्ब रुपैयाँ पुँजी उपलब्ध गराउने खतिवडाले बताए। 

प्रतिक्रिया दिनुहोस