aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पाकिस्तानद्वारा मोदीका लागि हवाई मार्ग खुलायाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
पाकिस्तानद्वारा मोदीका लागि हवाई मार्ग खुलायाे

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पाकिस्तानले आफ्नो हवाई मार्ग उपलब्ध गराउने भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी किर्गिस्तान भ्रमणमा जानका लागि भने पाकिस्तानी हवाई मार्ग प्रयोग गर्न सक्ने पाकिस्तानले जनाएको छ । यसअघि भारतीय अधिकारीहरुले मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन पाकिस्तानसमक्ष आग्रह गरेका थिए ।

भारतको आग्रहअनुसार पाकिस्तानले मोदी सवार विमानका लागि आकाश मार्ग उपलब्ध गराउन सहमति जनाएको हो ।

मोदी १३ र १४ जुनमा किर्गिस्तानको बिश्केकमा आयोजना हुने सांघाई को–अपरेसन अर्गनाइजेसनको शिखर बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै छन् । सो बैठकमा पाकिस्तानका प्रधानमन्त्री इमारान खानसमेत सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस