
एजेन्सी । चीनको अर्थतन्त्र २०२० मा ४४ वर्षकै न्यूनविन्दुमा पुग्न सक्ने अनुमान गरिएको छ । जबकि २०२१ मा भने ८.५ प्रतिशतको वृद्धिदर हुने अनुमान गरिएको छ । कोविड १९ ले अर्थतन्त्रमा पारेको असर २०२० मा देखिने छ ।
रोयटर्सको एक सर्वेक्षण अनुसार २०२० मा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रको वृद्धिदर २०२० मा २.१ प्रतिशतले मात्र हुने अनुमान गरिएको छ । ३७ विश्लेषकहरूले गरिएको सर्वेक्षणमा यो खुलासा भएको हो । यो जुलाईमा प्रक्षेपण गरिएको २.२ प्रतिशतभन्दा कम हुनेछ । यद्यपि २०२० मा चीनले मात्र एक आर्थिक वृद्धिदर सकारात्मक हुने देश बन्ने छ ।
चीनको अर्थव्यवस्थाको पुनः प्राप्ति तेस्रो क्वाटरमा माथि उठेको छ । किनभने कोरोनाको प्रभाव बिस्तारै कम भएको देखिएको छ । यद्यपि यो अनुमानित भन्दा कम नै छ । सर्वेक्षणले अनुमान गरेको अनुसार कूल घरेलु उत्पादन (जीडीपी) चौथो क्वाटरमा वार्षिक आधारमा ५.८ प्रतिशतको दरले बढ्न सक्छ । यो जुलाई–सेप्टेम्बरमा ४.९ प्रतिशत थियो । चीनको आर्थिक विकास बारेमा गरिएको सर्वेक्षणले २०२१ मा चीनको वृद्धिदर ८.४ प्रतिशत अनुमान गरेको छ ।
विश्लेषकहरूको अनुमानका अनुसार २०२१ को अन्तसम्ममा चीनले एक बर्षे ऋणका प्राइम दर (एलपीआर) ३.८५ प्रतिशत कायम गर्न सक्छ । चीनको केन्द्रीय बैंकले विगत ६ महिनादेखि यसलाई परिवर्तन गरेको छैन । यद्यपि यसले गत वर्षको अगष्टदेखि अक्टोरसम्ममा ४६ बीपीएस(४६ प्रतिशतले)ले कटौति गरेको थियो । बीपीएस (सर्वेक्षणले २०२१ को अन्तसम्ममा बेन्चमार्क निक्षेप दरमा कुनै परिवर्तन हुने छैन भन्ने अनुमान पनि गरेको छ । चीनको पिपुल्स बैंकले अक्टुबर २०१५ देखि कुनै परिवर्तन गरेको छैन ।
चीनको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) २०२० मा २.७ प्रतिशतको दरले बढ्ने अनुमान छ । २०१९ मा यो २.९ प्रतिशत वृद्धि भएको थियो । सीपीआई २०२१ मा २.१ प्रतिशतको दरले बढ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस