aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ कार्तिक २०७७
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कञ्चनपुर । पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ वनहरा आर्यघाट जाने बाटो नजिक मङ्गलवार साँझ दुई मोटरसाईकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । अर्का घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार मोटरसाईल ठोक्किदा मृत्यु हुनेमा  भिमदत्त  नगरपालिका–६ ऐठपुर बस्दै आएका वर्ष ४२ का विष्णु ज्ञवाली रहेका छन । गोदावरी नगरपालिका– १० का ३४ वर्षीय युवराज जोशी सख्त घाइते  भएका छन ।
 पश्चिमबाट पूर्व तर्फ जादै गरेको लु ६० प ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरित दिशाबाट आउदै गरेको ज्ञवालीले चलाएको म १ प ९६२८ नम्बरको मोटरसाईल एक आपसमा ठोक्किएका हुन । 

दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जोशीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारलाई महाकाली अस्पताल महेन्द्रनगर पठाइएको छ । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस