काठमाडौं । दशैंको समयमाहर्ष र उल्लास त हुन्छ नै । रमाइलोसँगै मानिसहरू अत्यधिक खानपिन गर्छन् । विशेषगरी हेभी मासुजन्य परिकार, चिल्लो पिरो तथा कोल्ड र हार्ड ड्रिंङ्स अन्य समयभन्दा धेरै नै खपत हुन्छ । दशैं सकिएपछि खानपानलाई साविक कै अवस्थामा फर्काउन ध्यान दिनुपर्ने हुन्छ । दशैं सकिएपछि खानपानलाई साविककै अवस्थामा फर्काउन उनले दिएका सुझावहरू यस्ता छन् ।
—दशैंमाचिल्लो पिरो र हेभी खाना लिनुभयो होला । अब बिस्तारै सागसब्जी र हरिया तरकारीको अत्याधिक सेवन गर्नुस् ।
—झोलिलो परिकारले पेटलाई हल्का राख्न मद्दत गर्छ । सुक्खा तथा ड्राई फास्टफुडबाट पनि टाढै रहनु नै फाइदाजनक रहन्छ । चिल्लो र पिरोको मात्रालाई पनि कम गर्नुपर्छ ।
—हामीमध्ये धेरैको बानीभोको पेटमा चियापिउने हुन्छ । यसले पेटलाई राम्रो गर्दैन । चियासँगै बिस्कुट, पाउरोटीलगायत अन्यखानेकुरा खानुपर्छ ।
—दशैंमाबाँकी रहेको मासु लामो समयसम्मखाने प्रवृत्ति राम्रो होइन । यदि प्रयोगमा ल्याउनु नै छ भने पनि राम्रोसँग फ्रिजिङ गर्न जरुरी हुन्छ । राम्रोसँग फ्रिजिङ गरिएको छ भने लामो समयसम्म पनि खानयोग्य रहन्छ ।
—बाँकी रहेको मासुः दशैंमा बाँकी रहेको मासु लामो समयसम्म खाने प्रवृत्ति राम्रो होइन । यदि प्रयोगमा ल्याउनु नै छ भने पनि राम्रोसँग फ्रिजिङ गर्न जरुरी हुन्छ । राम्रोसँगफ्रिजिङ गरिएको छ भने लामो समयसम्म पनि खानयोग्य रहन्छ ।
तर, त्यस्तो मासुलाई ‘डिप फ्राई’ गर्नु आवश्यक हुन्छ । सकेसम्म बिरामीलाई यस्तो मासु खानदिनुहुन्न । धेरैले दशैंमाबाँकी रहेको काँचो मासुलाई सुकुटी बनाउने गर्छन् । तर, सुकुटी घाममा राम्रोसँग सुकेको छ वा छैन भन्ने विषय ध्यान दिन आवश्यक छ । यदि सुकुटीमा ‘मोस्कराइज’लागेको छ भने त्यसमा विभिन्न ब्याक्टेरिया लागेका हुन्छन् । यसकारण पनि सुकुटी पनि राम्ररी सुकेको हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस