aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ कार्तिक २०७७
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । खोटाङ, बारा, कञ्चनपुर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । खोटाङ,बाह्रपोखरी गाउँपालिका–५ सोह्रखानीस्थित सडकमा को।१ ज ३४७० नम्बरको ट्याक्सी अनियन्त्रित भई बाटोबाट करिब २ सय ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा बाह्रपोखरी गाउँपालिका(६ बस्ने ४५ वर्षीय दक्षुमान राई समेत ३ जनाको मृत्यु भएको छ ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २८ वर्षीय छत्र बहादुर राई समेत ४ जनाको धरान घोपामा उपचार भईरहेको छ । ट्याक्सीका चालक उदयपुर चौदण्डीगढी नगरपालिका(६ माझीगाउँ बस्ने २७ वर्षीय यम बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, कलैया उपमहानगरपालिका(१६ स्थित सडकमा बा।२१ च ४९७ नम्बरको कारको ठक्करबाट मंगलबार साँझ सोही महानगरपालिका– ६ बस्ने साइकलयात्री ३० वर्षीय गुड्डु शेखको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका गुड्डुको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ । कञ्चनपुर, शुक्लाफाटाँ नगरपालिका(११ बनहरास्थित सडकमा लु.६० प ७१४० र म.१
प ९६२८ नम्बरका दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा म।१ प ९६२८ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका–६ ऐठपुर बस्ने गुल्मी घर भएका ४२ वर्षीय बिष्णु ज्ञवालीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका लु.६० प ७१४० नम्बरको मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका–१० बस्ने ३४ वर्षीय युवराज जोशीको शुक्लाफाँटा क्लिनिक झलारीमा उपचार भईरहेको छ ।

सप्तरी, कञ्चनरुप नगरपालिका(२ बरमझियास्थित सडकमा बुधबार बिहान बा.१८ च ७७३४ नम्बरको कारको ठक्करबाट सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको घटनास्थलमै मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस