काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले नाफामूलक गन्तव्य पहिचान गरेको जापान, कोरिया, चीनसहितको क्षेत्रमा उडान तयारी गरिरहेको भएपनि सम्बन्धित देशले अनुमति नदिएका कारण अब छोटै गन्तव्यमा उडान बढाउनेभ एको छ ।
करिब एक वर्षदेखि वाइडबडी जहाजलाई कम उडानमै सीमित राखेको वायुसेवा मिगमले लामो दुरीमा उडान गर्ने क्षमताको वाइडडीलाई प्रति उडान १० घन्टाको गन्तव्य नपाएपछि निगमले काठमाडौंबाट डेढ एक घन्टाको दिल्लीमै उडान विस्तारगर्ने तयारी गरिरहेको छ ।
वायुसेवा निगमले काठमाडौं–दिल्ली रुटमा वैशाख १८ अर्थात आगामी मे १ देखि सातामा तीन उडान थप गर्दैछ। हाल सातामा ११ वटा काठमाडौं–दिल्ली दुईतर्फी उडान गरिरहेको निगमले तीन उडान थपेर दैनिक दुई उडान गर्ने भएको छ। यसअघि पनि निगमले दैनिक दुई उडान गर्दै आएको थियो।
यात्रु चाप घटेकै कारण सातामा ११ वटामा सीमित गरेको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए। निगमले दैनिक तीन वटासम्मको उडान तयारी गरिरहेको छ’, उनले भने। निगमले केही समयअघीसम्म दैनिक दुईवटै उडान गरेर सातामा १४ उडान गर्ने गरेको थियो ।
हरेक दिन बिहान र बेलुका काठमाडौं दिल्ली उडान गरिरहेको निगमले अब बेलुका बाइडबडीबाट र बिहान भने पालैपालो दुईटै जहाजबाट उडान गर्ने भएको छ । निगमका अनुसार दैनिक तीन वटा उडान गर्ने गरी आवश्यक तयारी भइसकेको छ । केही दिनपछि त्यसको घोषणा हुने पनि उल्लेख छ ।
काठमाडौं दिल्ली नाफामूलक र पर्यटकीय गन्तव्य हो । यो एउटा गन्तव्यबाट मात्रै निगमले बार्षिक डेढ लाख भन्दा बढी यात्रु बोक्ने गरेको छ । यो गन्तव्यमा उडान गरिरहेको जेट एयर गत शुक्रबारबाट औपचारिक रुपमा बन्द भएपछि निगमले उडान थप गर्न लागेको हो । दिल्ली उडान गर्ने जहाज कम हुँदा अहिले यो गन्तव्यमा टिकट नै हाहाकार परेको उल्लेख छ ।
निगमले वाइडवडीबाट लामो गन्तव्य अन्तर्गतको कोरिया, जापान, चीन, साउदी अरबसहितका गन्तव्यमा उडान गर्न खोजेको छ । तर, उडान अनुमति नपाउनेन्जेल वाइडबडीलाई नै अधिक उडानमा प्रयोग गर्न लागिएको निगमले जानकारी दिएको छ ।
हाल वायुसेवा निगमसँग दुई वटा न्यरोबडी र दुई वटा वाइडबडी विमान रहेको छ । यो वायुसेवाले विभिन्न ८ वटा गन्तव्यमा नियमित उडान गरिरहेको छ । न्यारोडी, नियमसँग भएको अन्तर्राष्ट्रिय उडानको एक बोइङ भने ६ महिनादेखि ग्राउन्डेड ।
निगमले यसलाई बिक्रीको तयारी गर्दै छ । निगमको वाइडबडी भित्रिएको ६ महिनामा १ अर्ब ६६ करोड घाटा गइसकेको छ । यो घाटा पूर्ति गर्न निगमले थप उडान गर्ने तयारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस