
एजेन्सी । भारतले व्यवसायिक अन्तर्राष्ट्रिय उडानहरूको आवागमनमा प्रतिबन्धको समय ३० नोभेम्बरसम्म बढाइएको छ । यद्यपि कार्गो सञ्चालन र एयर ट्राभल बबल सम्झौता अन्तर्गत केहि देशहरूमा विशेष उडानहरू जारी रहने जनाएको छ ।
भारतको नागरिक उड्डयन निर्देशनालय (डीजीसीए) ले सबै व्यवसायीकहरुको प्रतिवन्ध ३० नोभेम्बर २०२० सम्म म्याद थपिएको जनाएको छ । युरोपमा कोरोना भाइरस संक्रमणको फेरि बढ्न थालेपछि भारतले यस्तो कदम चालेको हो ।
प्रतिक्रिया दिनुहोस