aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

पहिलो त्रैमासमा नै ३२ अर्ब बीमाशुल्क आर्जन, कुन कम्पनीले कति आर्जन गर्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
पहिलो त्रैमासमा नै ३२ अर्ब बीमाशुल्क आर्जन, कुन कम्पनीले कति आर्जन गर्यो ?

काठमाडौं । चालू आर्थिक बर्ष २०७७र ७७ को पहिलो त्रैमासमा जीवनबीमा कम्पनीहरुले ३२ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेकाछन् । बीमा समितिबाट प्राप्त असोज मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

हाल नेपालमा १९ ओटा जीवनबीमा कम्पनी सञ्चालनमा रहेका छन् । समिक्षाअवधिमा ती कम्पनीहरुले सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । गत भदौसम्म उक्त जीवनबीमा कम्पनीहरुले रू।२० अर्ब ७८ करोड बीमाशुल्क संकलन गरेका थिए । त्यो अनुसार असोजमामात्र रू।  ११ अर्ब भन्दाबढी बीमाशुल्क संकलन भएको देखिन्छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाइएको बन्दाबन्दीको कारण गत आवको चैत, वैशाख र जेठ महीनामा बीमाशुल्क संकलन प्रत्यक्ष रुपमा प्रभावित भएको थियो । तर, असारदेखि लकडाउन खुकुलो भएपछि भने बीमा व्यवसाय विस्तारै चलायमान हुँदै गएको छ ।

पहिलो त्रैमासमा सवैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा देखिएको छ । उक्त कम्पनीले उक्त अवधिमा रू। ९ अर्ब १ करोड कुल बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स ९एलआईसी० नेपाल रहेको छ । समिक्षाअवधिमा उक्त कम्पनीले रू।५ अर्ब ५ करोड बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ । 

तेस्रो स्थानमा भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान रहेको छ । उक्त कम्पनीले भने रू। ४ अर्ब ३५ करोड बीमाशुल्क उठाएको छ । 
 
१) नेपाल लाइफ : ९.०१ अर्ब 
२) एलआईसी नेपाल : ५.०५ अर्ब 
३) राष्ट्रिय बीमा संस्थान : ४.३५ अर्ब 
४) नेशनल लाइफ : २.८२ अर्ब 
५) युनियन लाइफ : १.५२अर्ब 
६) एशियन लाइफ : १.४७अर्ब 
७) मेट लाइफ : १.२२अर्ब 
८) प्राइमलाइफ : १.६अर्ब
९) गुराँस लाइफ : ०.९७अर्ब 
१०) सूर्या लाइफ :  ०. ८५ अर्ब 
११) सिटिजन लाइफ : ०.६३ अर्ब 
१२) रिलायबल लाइफ : ०.५४अर्ब
१३) आइएमई लाइफ : ०.५४ अर्ब 
१४) ज्योति लाइफ : ०.५४ अर्ब 
१५) रिलायन्स लाइफ : ०.४८अर्ब 
१६) सन नेपाल लाइफ : ०.४३ अर्ब 
१७) सानिमा लाइफ : ०.३५ अर्ब 
१८) प्रभु लाइफ : ०.२५अर्ब 
१९) महालक्ष्मी लाइफ : ०.२४ अर्ब 
स्रोत : बीमा समिति

प्रतिक्रिया दिनुहोस