
एजेन्सी । ग्लोबल टेक्नोलोजी कम्पनी माइक्रोसफ्टको नाफा अत्याधिक वृद्धि भएको छ । कम्पनीले पहिलो त्रैमासमा उसको आम्दानी १२ प्रतिशतले वृद्धि गर्दै ३७.२ अर्ब डलर कमाएको थियो । यसमा कम्पनीको खुद नाफामा ३० प्रतिशतको वृघि गर्दै १३.९ अर्ब डलर पुर्याएको छ ।
मंगलवार कम्पनीले जारी गरेको विवरणमा इन्टेलीजेन्ट क्लाउड व्यापारको आम्दानी २० प्रतिशतले बढेर १३ अर्ब डलर भएको छ । भने एज्युर क्लाउडको आम्दानी ४८ प्रतिशतले बढेको छ । त्यस्तै प्रडक्टिभिटी एण्ड व्यापार प्रोसेसजको आम्दानी ११ प्रतिशतले बढेर १२.३ अर्ब डलर पुगेको छ ।
माइक्रोसफ्ट अफिस कमर्शियल प्रडक्ट्स एण्ड क्लाउड सर्भिसेजको आम्दानीमा ९ प्रतिशतले बढाएको छ । यसमा कमर्शियल प्रडक्टको आम्दानीको २१ प्रतिशतले बढेको छ । माइक्रोसफ्ट अफिस कमर्शियल प्रडक्ट्स एण्ड क्लाउड सर्भिसेजको आम्दनी १३ प्रतिशत बढ्यो । जब माइक्रोसफ्ट ३६५ कन्जुमर ४.५३ करोड पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस