aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अत्याधिक गर्मीका कारण चार यात्रुको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
अत्याधिक गर्मीका कारण चार यात्रुको मृत्यु

काठमाडौं । अत्याधिक गर्मीका कारण भारतमा रेलभित्रै चार जना यात्रुको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार दिल्लीबाट झाँसीतर्फ गइरहेको केरला एक्सप्रेसको रेलका यात्रुको मृत्यु भएको हो । आगराबाट कोयम्बटूर जाँदै गरेको ६८ जनाको समूहका यात्रु बेहोस भएपछि उनीहरुलाई रेलवे स्टेसनका डाक्टरले जाँच गर्दा मृत घोषणा गरेका हुन् । आगरा, वरणासीलगायतका क्ष्ेत्रमा घुम्न सो समूह १० दिन अगाडि निस्किएको थियो । मृत्यु हुने सबै वृद्ध रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस