aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

एप्पलको म्यानुफ्याक्चरिङ प्लान्ट भारतमा खुल्दै, १८ हजार कर्मचारीमा ९० प्रतिशत महिला हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
एप्पलको म्यानुफ्याक्चरिङ प्लान्ट भारतमा खुल्दै, १८ हजार कर्मचारीमा ९० प्रतिशत महिला हुने

एजेन्सी । भारतको टाटा समूह तमिलनाडुको औद्योगिक क्षेत्रमा फोन कम्पोनेन्ट म्यानुफ्याक्चरिङ प्लान्टका लागि ५,००० करोड भारु लगानी गर्ने भएको छ ।  चीनबाट एप्पलले भारतमा आफ्नो म्यानुफ्याचरिङ सिफ्ट गर्ने योजना अन्तरगत भारतको टाटा समूहसँग सहकार्य गर्न लागेको हो ।

 उक्त प्लान्टमा ८००० करोडसम्म लगानी गरिने टाटाले बताएको छ ।  नयाँ कम्पनीको टाटा इलेक्ट्रोनिक्सको टिडको (तमिलनाडु औद्योगिक विकास निगम) द्वारा उक्त प्लान्टका लागि जमिन समेत तयार गरिसकेको छ ।  

टाइटनको टाइटन इन्जिनेरिङ डिभिजनले यस परियोजनालाई विज्ञको सल्लाह दिने छ ।  नयाँ युनिटमा अक्टूबर २०२१ सम्म १ हजार वटा कर्मचारी हुने छन भने उक्त कर्मचारी  ९० प्रतिशत महिलाहरु मात्र हुने छन् । 
 

प्रतिक्रिया दिनुहोस