सुर्खेत । वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले दशैंँभत्ताका रुपमा आफूलाई प्राप्त रकम मानव सेवा आश्रमलाई दिएका छन् । नगर प्रमुख सुवेदीले भत्तावापत पाएका १५ हजार रुपैयाँ आश्रमलाई प्रदान गरेको हो ।
उनले पाँच हजार रुपैयाँ बराबरको खाद्य पदार्थ तथा १० हजार बराबरको फलफूल हस्तान्तरण गर्दै मानवतालाई जोगाउन र सहयोगापेक्षी मानवलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । ‘गत वर्ष हामीले आश्रमको भाडा तिरिदिएका थियौँ’, उनले भने, ‘यस वर्ष हामी गर्न सक्ने कामका लागि प्रयास गर्छौं ।’
प्रतिक्रिया दिनुहोस