aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, ९० हजारको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, ९० हजारको मृत्यु

एजेन्सी । मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख  नाघेको छ । कोरोना संक्रमणबाट मेक्सिकोमा ९० हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ४९५ जनाको मृत्यु भएको र पाँच हजार ५९५ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताएका छन् ।  

मेक्सिकोमा ९ लाख ६ हजार ८६३ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ९० हजार ३०९ जनाको मृत्यु भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस