aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अमेरिकी अर्थतन्त्रमा रातारात कसरी यस्तो भयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
अमेरिकी अर्थतन्त्रमा रातारात कसरी यस्तो भयो ?

एजेन्सी । अमेरिकीको जीडीपी वृद्धिमा इतिहासकै ठूलो वृद्धि आएको छ । जीडीपीमा तेस्रो क्वाटरमा इतिहासको सब भन्दा ठूलो गिरावटको रेकर्ड राखेको छ । अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अमेरिकाले (जुलाई-सेप्टेम्बर) २०२० को क्वार्टरमा वार्षिक वृद्धि दर ३३.१ प्रतिशत भएको बताएको छ ।

यसभन्दा अघिको दोस्रो त्रैमासिक (अप्रिल-जून) मा अमेरिकी जीडीपी ३१.४ प्रतिशतले गिरावट आएको थियो । यसभन्दा अघि पहिलो त्रैमासिक (जनवरी-मार्च) मा अमेरिकी जीडीपीमा ५ प्रतिशत गिरावट आएको थियो ।

यद्यपि गत वर्षको समान अवधिको तुलनामा (जुलाई-सेप्टेम्बर २०१९) यस वर्षको सेप्टेम्बर क्वार्टरमा अमेरिकी जीडीपी २.९ प्रतिशतले गिरावट आएको छ । त्यस्तै दोस्रो त्रैमासिकमा पनि वार्षिक आधारमा अमेरिकाको जीडीपी ९ प्रतिशतले घटेको छ । यो अमेरिकी तेस्रो त्रैमासिक जीडीपीको पहिलो अनुमान हो ।

प्रतिक्रिया दिनुहोस