aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

यसरी परिवर्तन गर्नुहोस वाईफाईको पासवर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
यसरी परिवर्तन गर्नुहोस वाईफाईको पासवर्ड

के तपाई अरु कसैले अनाधीकृत रुपमा तपाईको वाईफाई सित्तैमा चलाएर हैरान हुनुभएको छरु आजकालको वालवालिकाहरु यस्ता कुरामा एकदमै अगाडी हुन्छन र सामान्य सुरक्षामात्र भएको धेरैजसो राउटरको पासवर्ड सजिलै पत्ता लगाईदिन्छन। यो समस्या समाधानको लागी धेरै उपाएहरु छन् तर तपाईके पासवर्ड मात्र पनि समय समयमा परिवर्तन गर्नुभयो भने केही हद सम्म यो समस्याको समाधान हुनछ।

यसरी परिवर्तन गर्नुहोस पासवर्ड

राउटरको वाईफाई, पासवर्डर नाम लुकाउने सेटिङहरु

यदी पहिलो पटक राउटर सेटअप गर्दै हुनुहुन्छ भने तपाईले राउटरको आई.पी.एड्रेस, युजरनेम र पासवर्डको लागी पछाडीपट्टी भएको स्टिकर हेर्नुपर्ने हुन्छ। राउटरको आई.पी.एड्रेस पत्ता लगायर युजरनेम र पासवर्ड (धेरै जसोको admin/admin हुन्छ) पत्ता लगाएपछी राउटर अन गर्नुहोस। जब राउटरअन हुन्छ, अहिलेको धेरैजसो राउटरले डिफल्ट मै वाईफाई (नेटवर्कको नाम) सेट गरेर पठाएको हुन्छ। कुनैमा पासवर्ड राखेको हुन्छ र कुनैमा राखेको हुँदैन । पसवर्ड राखेको छ भने त्यसको वारेमा पनी पछाडिको स्टिकरमा जानकारी रहेको हुन्छ। अव सेटअप सुरु गर्नु पहिले तपाई त्यही वाईफाईमा वा LAN तार मार्फत त्यही राउटरमा जोडिएको हुनुपर्दछ। त्यसपछी कुनैपनी ब्राउजरमा (जस्तै: क्रोम, फायरफक्स) गएर राउटरको आई.पी.एड्रेस टाईप गर्नु पर्छ। 

म यहाँ netis राउटरको उदाहरण दिँदैछु जसको आई.पी.एड्रेस 192.168.1.1 रहेको छ।  धेरै जसो राउटरको आई.पी.एड्रेस यही नै हुन्छ, त्यस वाहेक कुनै कुनै राउटरको फरक फरक आई.पी.एड्रेस पनि हुने गर्दछ। त्यसको जानकारी प्राय सवै राउटरको पछाडीपट्टीको स्टिकरमा रहेको हुन्छ। अव आई.पी.एड्रेस टाईप गरिसकेपछी ईन्टर गरेर तल फोटोमा देखाएजसरी आफ्नो युजरनेम र पासवर्ड राखेर Sign-in गर्नुपर्दछ।

साईन ईन गरेपछी राउटर अनुसार फरक फरक पेज देखीन्छ। कुनैमा तल देखाए जस्तो कुन श्रोत वाट ईन्टरनेट प्राप्त भेरहेको छ, अनि वाईफाईको नाम र पासवर्ड देखाउँछ भने कुनैमा राउटरको स्टाटस देखाउँछ।  यो त सजिलै पासवर्ड वा नाम परिवर्तन गर्न सकिने राउटर भयो। परिवर्तन गर्ने, अनि सेभ मा थिच्ने तर सबै राउटरमा यस्तै सजिलो हुँदैन। त्यसको लागी तपाई तलको फोटोमा देखाएको जस्तो Advance मा जानुपर्ने हुन्छ। 

Advance मा गैसकेपछी तल देखाएको जस्तो डिटेल भिउमा राउटरको सेटिङ देखीन्छ र तपाईले  Wireless Settings अथवा कुनै कुनैमा WIFI Settings, Network Settings भनेर पनि लेखिएको हुनसक्छ जानुपर्ने हुन्छ। यो netis राउटरमा तपाईले Wireless 2.41G भित्र रहेको Wireless Settings भित्र जानुपर्ने हुन्छ र वाईफाईको नाम परिवर्तन गर्ने भए SSID र पासवर्ड मात्र परिवर्तन गर्ने भए Password को ठाउँमा तपाईले चाहेको पासवर्ड राख्न सक्नु हुन्छ र अन्तिममा सेभमा थिच्नु पर्ने हुन्छ। पासवर्ड अलि सुरक्षीत रहोस भन्नको लागी तपाईले यही पृष्ठको Authentication Type मा WPA/WPA2-PSK  वा त्योभन्दा पछिल्लो भर्सन छान्नुहोला।

तपाई आफ्नो वाईफाईको नाम नदेखाईकन लुकाएर पनी चलाउन सक्नु हुन्छ, त्यसको लागी SSID Broadcast लाई Disable गर्नुपर्ने हुन्छ। तर आफ्नो डिभाईर वा मोवाईलमा WIFI राख्ने वेलामा Settings भित्र वाईफाई अन गरेर Others मा जानुपर्दछ र वाईफाईको नाम, सेक्युरीटी टाईप र पासवर्ड १ पटकको लागी आफै राख्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस