aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भारतमा कोभिड–१९ संक्रमित ८० लाख ८८ हजार नाघे, १ लाख २१ हजार बढीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
भारतमा कोभिड–१९ संक्रमित ८० लाख ८८ हजार नाघे, १ लाख २१ हजार बढीको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६३ जनाको मृत्यु भएको छ । 

मन्त्रालयकाअनुसार कोभिड–१९ बाट संक्रमितमध्ये  करिब ७३ लाख ९४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २१ हजार ९० जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ५ लाख ९४ हजारको हाराहारीमा रहेको जनाएको छ । परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या ११ करोड ६४ लाख रहेको छ । 

प्रतिक्रिया दिनुहोस