
एजेन्सी । स्कटल्याण्डमा भेटियो सुनको गुफा भेटिएको छ । स्कटल्यण्डको सरकारले नोभेम्बरमा यो अमूल्य गुफाको खोल्ने तयारी गरेको जनाएको छ । उक्त गुफामा वर्षौदेखि कोहि पनि मानिस नपुगेको बताइन्छ । त्यो गुफामा सुन रहेको दाबी गरिएको छ ।
कोनिश माइन नामको त्यो खण्डहर स्कटल्याण्डको टिनड्रम ट्रसच्स नेशनल पार्कको बीचमा रहेको छ । यस प्रकारले सुन खनेर निकाल्ने स्कटल्याण्ड विश्वकै पहिलो देश बन्नेछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त कामको टेण्डर स्कटगोल्ड रिसर्सलाई दिइएको छ । कोनोनिसका कारण स्कटल्याण्डको पहिलो व्यावसायिक सुनको खानी उत्खनन गर्न अब नोभेम्बर ३० देखिमात्र शुरु हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस