aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अमेरिकाको चुनावमा अन्तरिक्षबाटै मतदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ कार्तिक २०७७
अमेरिकाको चुनावमा अन्तरिक्षबाटै मतदान

एजेन्सी । अमेरिकाको नयाँ राष्ट्रपति चयन लागि  नोभेम्बर ३ मा निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि अन्तरिक्षयात्री केट रुबिन्सले अन्तरिक्षबाटै अमेरिकी राष्ट्रपतिको लागि मतदान गरेकी छन्।

 पृथ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट रुबिन्सले अमेरिकी राष्ट्रपति चुन्नको लागि मतदान गरेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ।

अमेरिकी नागरिकले विश्वको जुनसुकै ठाउँबाट पनि मतदान गर्न पाउने व्यवस्था गरिएकाले रुबिन्सले पृथ्वीभन्दा २ सय माइलमाथि रहेको अन्तरिक्ष केन्द्रबाट मतदान गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस