
एजेन्सी । अमेरिकामा निर्वाचन हुनुभन्दा एक÷दुई वर्षअघि नै चुनावी अभियान र सुरु हुन्छ र सोहि बेलादेखि नै चुनावी अभियानका लागि खर्च पनि हुन थाल्छ । यसको मतलब त्यो बेलादेखि चुनाव नसकिने बेलासम्म अर्बौ डलर खर्च हुन्छ ।
कोरोनाभाइरस महामारीले यो वर्षको निर्वाचन चक्र केही फरक देखिएपनि खर्चको हिसावले अघिल्ला चुनावभन्दा कम हुने संकेत छैन । तर नोभेम्बर ३ मा हुने मतदानअघि ठूलो रकम खर्च भइरहेको छ ।
सन् २०१६ को निर्वाचन अभियानमा झन्डै ६.५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ । अमेरिका भरी नै सयौं उम्मेदवारहरु छन उनीहरु सबैको चुनावी खर्च ४ अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ । गएका ५ वटा अमेरिकी राष्ट्रपति चुनावमा सरदर २ अर्ब डलर खर्च भएका तथ्यांकहरु आएका छन् ।
वितगका वर्षभन्दा यसवर्षको चुनावी प्रचारमा सामाजिक सञ्जालको खर्च पनि सँगै जोडिएकाले खर्च यसभन्दा पहिलाका चुनावभन्दा बढी हुने अनुमान गरिएको छ । चुनावका बेलामा अमेरिकी प्रशासनका कर्मचारीलाई पनि खर्च गर्न पर्ने हुन्छ । यसभन्दा अघिल्लो चुनावमा हिलारी क्लिनटनले ८.५ करोड डलर कर्मचारीका लागि खर्च गरेकी थिइन ।
यसभन्दा पहिलाको हिलारी र डोनाल्ड ट्रप्पका पालमा ४.५ करोड डलर चुनावी अभियानमा खर्च भएको थियो ।
अमेरिकामा हुने चुनावी खर्चको जोहो सबै चन्दाबाट गरिने गरेको छ । अमेरिकामा अमेरिकी व्यक्ति बाहेक अन्यले राजनीति दललाई चन्दा दिन पाउँदैनन । र चन्दा दिनका लागि पनि एक व्यक्तिले २८०० डलरभन्दा बढी चन्दा दिन पाउँदैन । साथै उक्त व्यक्तिले राजनीति दलहरुको कोषमा भने जति पनि चन्दा दिन पाउँछन् ।
प्रतिक्रिया दिनुहोस