
एजेन्सी । युरोपेली अर्थतन्त्र तेस्रो क्वाटरमा एक अप्रत्याशित रूपमा १२.७ प्रतिशतको वृद्धि देखिएको छ । जुन बेला त्यहाका कम्पनीहरूले महामारीका कारण लकडाउनको सामाना गरिरहेका थिए । फेरि, शुरु भएको संक्रमणको बढ्दो संख्याले वर्षको अन्तिम महिनाहरूमा नयाँ गिरावट आउन सक्ने भन्दै धेरै चिन्तित छन् ।
युरोपियन युनियन तथ्यांक एजेन्सी यूरोस्टाटले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा युरो मुद्रा चलाउने १९ देशहरुको दोस्रो त्रैमासमा ११.८ प्रतिशतको वृद्धिदर देखिएको जनाएको छ । यो आर्थिक अवस्थाको रिकभरीको नेतृत्व फ्रान्सले गरेको छ । फ्रान्सले १८.२ प्रतिशतले वृद्धि गरेको छ भने स्पेनले १६.७ प्रतिशतले वृद्धि गरेको छ ।
अक्सफोर्ड इकोनोमिक्सका युरोपेली अर्थशास्त्री रोजि कोल्थोर्पका अनुसार यो बर्षको पहिलो ६ महिनादेखि उत्पादनमा पुरै ठप्प भयो । तर, अबको आउँदो त्रैमासदेखि उत्पादन हुने भएपनि पुन अर्को लहरको संक्रमण देखिन थालेकाले पुन उत्पादनमा असर पर्ने छ ।
युरोपेली सेन्ट्रल बैंकका प्रमुख क्रिस्टीन लगार्डेले बिहीबार भनिन, ‘नोभेम्बर अत्यन्त नकरात्मक ’हुन सक्छ । हाम्रो चौथो क्वार्टरको तथ्यांक गिरावटको क्रममा आइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस