aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ४५ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ कार्तिक २०७७
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ४५ जना पक्राउ

काठमाडौं । मोरङ केराबारी गाउँपालिका-६ बस्ने भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई ८ लाख ८९ हजार २ सय ५० रुपैयाँ र १३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका–६ बस्ने ६० वर्षीय भुपेन्द्र भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय अरूण केसी, ३८ वर्षीय शैलेस भुजेल र  सोही उपमहानगरपालिका(६ बस्ने ३६ वर्षीय हरि खत्री रहेका छन् । भुपेन्द्रको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

भक्तपुर, भक्तपुर नगरपालिका(१० कमलबिनायक बस्ने माधव सुवालको घरमा तास खेलिरहेको अवस्थामा माधव लगायत  लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । माधवको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९० हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । 

काठमाडौं, काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ चमति बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय विक्रम लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५३ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

ललितपुर, महालक्ष्मी नगरपालिका-७ चागाथलीस्थित शंखर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने ४९ वर्षीय सुरेश पौडेल लगायत १८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा कौडा खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई  नगद ११ लाख ५४ हजारौ ५ सय ७५ रुपैयाँ र १६ थान कौडा  सहित पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस