aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

‘नेकपाको एकतामा गम्भीर संकट उत्पन्न भयो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ कार्तिक २०७७
‘नेकपाको एकतामा गम्भीर संकट उत्पन्न भयो’

काठमाडौं । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी एकतामा संकट उत्पन्न भएको बताएका छन्। ट्वीट गर्दै उनले एकीकृत पार्टीमा संकट पैदा भएको टिप्पणी गरेका हुन्।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै महासचिव पौडेलले पार्टीसामु गम्भिर संकट उत्पन्न भएकाले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न सबै नेता, कार्यकता र सदस्यहरुलाई अनुरोध गरेका छन् । 

पौडेलले लेखेका छन्, ‘यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भिर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुसमक्ष अनुरोध गर्दछु ।’

नेकपामा लामो समयदेखिको किचलो केही हप्ता यता झनै बढेको छ। भारतीय रिसर्च एण्ड एनलाइसिस 'रअ' का प्रमुख सामन्त कुमार गोयललाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले भेटेको, स्थायी कमिटीले गरेका निर्णय उल्लघंन गरेको भन्दै ओलीमाथि दबाब बढदो छ।

प्रतिक्रिया दिनुहोस