aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हराइरहेकाे भारतीय वायुसेना विमानको भग्नावशेष भेटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
हराइरहेकाे भारतीय वायुसेना विमानको भग्नावशेष भेटियो

काठमाडौं । केही दिन अघिदेखि हराइरहेकाे भारतीय वायुसेनाको एएन–३२ एयरफ्याटको भग्नावशेष अरुणाचल प्रदेशमा भेटिएको छ ।  भारतीय वायु सेजा यसको खोजीमा जुटेको थियो ।

अरुणाचल प्रदेशको पश्चिमी सिंयाग जिल्लामा मंगलबार विमानको भग्नावशेष भेटिएको हो । एमआई–१७ हेलिकोप्टरबाट १२ हजार फुटको उचाईबाट विमानको भग्नावशेष देखिएको भारतीय वायुसेनाले जनाएको छ ।

असमबाट जोरहाटका लागि उडेको मालबाहक विमानमा १३ जना सवार थिए । उनीहरुबारे जानकारी जुटाउने काम भइरहेको छ । भारतीय सरकारले हराइरहेकाे विमानकाे भरपर्दाे सूचान दिनेलाइ पुरस्कारकाेसमेत घाेषणा गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस