aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

हेटौडा काग्रेस नेताले नै पाएनन कोरोना बीमा रकम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ कार्तिक २०७७
हेटौडा काग्रेस नेताले नै पाएनन कोरोना बीमा रकम

हेटौडा । हेटौंडा उपमहानगरका नेपाली कांगे्रस सभापति आनन्दराम पराजुलीलाई कोरोना भएर साढे दुई महिना भइसक्दा पनि उहाँले कोरोना बिमा दाबी भुक्तानी प्राप्त गर्न सक्नुभएको छैन ।कोरोना संक्रमण निको भएर पनि उहाँ आफ्नो कार्यमा फर्किसक्नुभएको छ । उहाँले कोरोना बिमाको रकम आउने भनेपछि कोरोना बिमा बराबरको १ लाख रकम विभिन्न संघसंस्थालाई सहयोग गरिसक्नुभएको छ । तर, बिमांक रकम भने आएको छैन ।

उहाँले शिखर  इन्स्योरेन्समा बिमा गर्नुभएको थियो । बिमा कम्पनीमा बुझ्दा यसबारे आफूहरुलाई पनि थाहा नभएको इन्स्योरेन्सका प्रतिनिधिले बताएका छन् । रकम बिमा समितिले रोकिरहेको ह“ुदा हेड अफिसमा नै बुझनुपर्ने भन्दै उनीहरु पन्छिए । हेटौंडाका राजकुमार गौतम र उहाँकी पत्नीले एनएलजी इन्स्योरेन्समा बिमा गर्नुभएको थियो । उहाँहरु कोरोनामुक्त भएको २ महिना बढी भइसक्यो । तर, बिमा दाबी रकम भने पाउन सक्नुभएको छैन ।

कोरोना संक्रमण भएर २ महिना बित्दा पनि बिमा रकम नपाएकी हेटौंडाकी पत्रकार कुमारी स्याङ्बो पनि हुनुहुन्छ । उहाँको नेपाल पत्रकार महासंघ बागमती प्रदेशबाट युनाइटेड इन्स्योरेन्समा बिमा गरिएको थियो । उहाँले बिमा कम्पनीमा पटकपटक सम्पर्क गर्दा दुईरचार दिनमा भइहाल्छ भन्दै टार्ने गरेकोले आश मरिसकेको र पछिल्लो समय सम्पर्क पनि नगरिएको उहाँले बताउनुभयो । यो खबर नेपाल समाचारपत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस