aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीसँग पनि जोरी खोज्न थाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीसँग पनि जोरी खोज्न थाले

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा अमेरिकाबाट जाने बस्तुको शुल्कप्रति इन्गित गर्दै औलो उठाएका छन् । भारतमा अमेरिकाबाट निर्यात हुने मोटरसाइकलको शुल्कलाई लिएर उनले सवाल उठाएका हुन । 

 उनले भने भारतले अमेरिकी मोटरसाइकलको शुल्कमा ५० प्रतिशत कम गरेपनि यो अझै महगो भएको ट्रम्पको भनाइ आएको विदेशी सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरेका छन् । ट्रम्पले अमेरिकी एक यस्तो देश होइन जसलाई मूर्ख बनाउन सकियोस भनेका छन् । 

ट्रम्पले भारतमा धेरै विक्री हुने हार्ले डेविडसन मोटरसाइ मा लाग्दै आएको शुल्कको विषयलाई उठाएका हुन। उनले भने, ‘हार्ले डेविडसन मोटरसाइको मुल्य ५० प्रतिशत होइन शुन्यमा झर्न पर्छ ।’

न्यूज एजेन्सी पीटीआइका अनुसार ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानीमा ट्रम्पले भने, ‘जब हार्ले भारत पठाउदा १०० प्रतिशत कर लाग्छ उहाबाट धेरै संख्यामा मोटरसाइकल बनाउनु हुन्छ र त्यो यहाँ पठाउदा कर लाग्दैन ।’ 

गतवर्ष मोदी सरकारले विदेशबाट आयात हुने धेरै बस्तुमा कर वृद्धि गरेको थियो । यो निर्णय अमेरिकी राष्ट्रपतिलाई मन परेकोे थिएन । अमेरिकी राष्ट्रपतिले स्टिल उद्योगको एक बैंठकमा हार्ले डेविडसनमा भारतले लगाएको उच्च शुल्कबारे कडा विरोध समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस