काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश न १ र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी क्षेत्र तथा प्रदेश न २ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
भने, प्रदेश न १ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।
यस्तै, राति प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यता, प्रदेश न १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस