aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भारतीय अटोमोबाइल्स क्षेत्रमा महामारीले छोएन, विक्री गतवर्षभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ कार्तिक २०७७
भारतीय अटोमोबाइल्स क्षेत्रमा महामारीले छोएन, विक्री गतवर्षभन्दा बढी

एजेन्सी । भारतीय अटो मोबाइल्स उद्योग द्रुत रिकभरी भइरहेको छ ।  जसको यसको बिक्री तथ्यांकहरूले अनुमान लगाउन सकिन्छ । अक्टूबर २०२० मा कार कम्पनीहरूले चाडपर्वको मौसममा अधिक ग्राहकहरूलाई आकर्षित गर्न छुट, विशेष अफर र आकर्षक ट्रिम जस्ता घोषणाले बजारलाई ततायो । आइतबार, टाटा, हुन्डाई, मारुति सुजुकी लगायत अटोमोबाइल्स निर्माताहरूले गत महिनाको बिक्री तथ्यांकहरू सार्वजनिक गरेका छन ।

मारुतीले भारतको अन्तरिक बजारमा कुल १,८२४४८ वटा सवारी साधन  बिक्री गरेको छ । यसको मतलब कम्पनीले गत वर्षको सोहि अवधिको तुलनामा १८.९ प्रतिशतले वृद्धि गरेको छ ।  टाटा मोटर्सको वार्षिक मापनका आधारमा ७९ प्रतिशतले आफ्नो विक्री बढाउदा हुन्डाइले १३ प्रतिशतले बढाएको छ ।  फोक्सवैगन, निसान र रेनोको भने ३८ प्रतिशतले विक्रीमा गिरावट आएको  छ । 

मारुती सुजुकीले १,८२४४८ मा अन्तरिक बजारमा १,६६ ८२५ युनिट विक्रि गरेको छ भने अन्य ओइएमका लागि ६,०३७ युनिट बिक्री गरेको छ । त्यस्तै, हुन्डाईले अक्टोबरमा ५६,६०६ युनिट बेच्दै गत वर्षकोभन्दा १३.२ प्रतिशतले बिक्री बढाएको छ । त्यस्तै, टाटाले गत वर्ष अक्टोबरमा १३१६९ युनिट बेचेकोमा यो वर्षको अक्टोबरमा २३६०० युनिट सवारी साधन बेचेको छ । त्यस्तै, कियाले गत वर्ष १२८५४ युनिट बेचेकोमा यस वर्ष २१०२१ युनिट बेचेको  छ । 

महेन्द्र एण्ड महेन्द्राले १८६०० युनिट बेच्दै गतवर्षभन्दा ४ प्रतिशतले आफ्नो विक्रिमा वृद्धि गरेको  छ । टोयोटाल १२३७३, रेनो ११००५, होण्डा १०८३६, फोर्ड ७०८७ र एमजी ३७५० युनिट सवारी साधान बेच्न सफल भएका छन् । 
अह
 

प्रतिक्रिया दिनुहोस