aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

तनहुँबाट बैंकिङ कसुरका सहित २६ फरार एकैदिन पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ कार्तिक २०७७
तनहुँबाट बैंकिङ कसुरका सहित २६ फरार एकैदिन पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २६ जना फरार प्रतिवादीहरुलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ ।

जसमध्ये बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ चैत २ गतेको फैसलाले ७ दिन कैद र ६ लाख ६७ हजार रुपैयाँ ठहर भई फरार रहेका म्याग्दे गाउँपालिका–३ बस्ने ३१ वर्षीय अमृत भट्टराई, साधारण चोरी मुद्दामा जिल्ला अदालत तनहुँको  २०७६ असार ८ गतेको फैसलाले जनही २ वर्ष २ दिन कैद र २२ हजार ५ सय रुपैयाँ जरिवाना सजाय भई फरार रहेका शुक्लागण्डकी नगरपालिका–३ बस्ने सन्तोष खंग रहेका छन् । 

 शक्लागण्डकी–९ बस्ने माईकल भन्ने सन्तोष गौतम, जारी मुद्दामा जिल्ला अदालत तनहुँको २०७१ मंसिर ७ गतेको फैसलाले जनही १र१ महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका भानु नगरपालिका–६ बस्ने बिमल थापा मगर र उनकै श्रीमती सञ्जु थापा मगर रहेका छन् । 

उनीहरूको साथै लागूऔषध मुद्दामा फरार १ जना, गाली बेइज्जती मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार २ जना, नाता कायम मुद्दामा फरार १ जना, करकाप मुद्दामा फरार ८ जना, लिखत वेइज्जती मुद्दामा फरार ६ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार १ जना गरी जम्मा २६ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस