aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं । हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको ओमबहालबाट पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले रातोपाटीलाई बताए । हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस