
एजेन्सी । अमेरिकामा आज ३ नोभेम्बर (आज राती) राष्ट्रपति पदको चुनाव हुदैछ । प्रारम्भिक मतदान प्रणालीका कारण यहाँ मतदान भैरहेको छ । अमेरिकामा संघीय चुनाव प्रणाली त छ तर राज्यमा पनि चुनावसँग सम्बन्धित अधिकार छुट्टै छ । यस पटकको प्रतिस्पर्धा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीका उम्मेदवार जो वाइडेन बीच हुदैछ ।
दुबै उमेर ७० बर्षभन्दा माथिका छन् । अमेरिकाको निर्वाचनमा केहि रोचक तथ्याहरु पनि छ जुन हामी तपाईंलाई जानकारी दिन गइरहेका छौं । रातो राज्य, निलो राज्य, स्विंग राज्य, यी बाहेक दुबै उम्मेदवारको पाटीको बारेमा पनि जानकारी दिँदैछौं ।
रातो राज्य
सामान्य शब्दहरूमा रिपब्लिकन पार्टीको वच्र्व वा प्रभावका राज्यहरूलाई रेड स्टेट भनिन्छ । किनभने रिपब्लिकन पार्टीको झण्डा रातो छ । यसको समर्थकहरू सामान्यतय समान रंगको क्याप वा टी–शर्ट लगाएका कार्यकर्ता देखिने छन । डोनाल्ड ट्रम्प २०१६ पछि राष्ट्रपति छन । उनी रिपब्लिकन पार्टीको सदस्य हुन । यस पटक उनी पुन दोस्रो कार्यकालको लागि चुनाव मैदानमा छन । अमेरिकाका कूल ५० राज्यहरूमध्ये २६ वटा राज्यमा हाल रिपब्लिकन सरकार र गभर्नरहरू छन् । त्यहाँ २६ रातो राज्यहरू छन् ।
निलो राज्यहरु
डेमोक्रेटिक पार्टीको अधिक प्रभाव भएको राज्यहरूलाई निलो राज्य भनिन्छ। यसको झण्डा वा समार्थकले नीलो रंगका कपडा वा टिसर्त लगाउने गर्छन । हाल यसमा २४ राज्यमा सरकारहरू र गभर्नरहरू छन् । यस पटक डेमोक्रेटिक पार्टीले जो वाइडेनलाई मैदानमा उतारेको छ । योभन्दा पहिले बराक ओबामा यस पार्टीको दुई पटक राष्ट्रपति बनिसकेका छन । विशेष वाइडेन ओबामाको समयमा उपराष्ट्रपति थिए । पार्टीले उनलाई एक अनुभवी नेता र ट्रम्पभन्दा राम्रो उम्मेद्वार भनेर मैदानमा उतारेको छ ।
स्विंग राज्यहरू
केही राज्यहरूलाई स्विंग स्टेटहरू भनिन्छ । यो नामले नै के संकेत गर्छ भने यहा कुनै पनि पार्टी वा नेता समर्थक भनेर बाहिर देखिदैनन । उनीहरुले चाहेको उम्मेदवारलाई भोट हाल्न पाउने छ । तिनीहरूलाई स्विंग स्टेटहरू भनिन्छ । अमेरिकाको ओहायो र फ्लोरिडा राज्य स्विंग राज्यमा पर्ने गरेका छन् ।
तर, स्विंग राज्यहरू हरेक चुनावमा परिवर्तन भएका हुन्छन् र त्यस्तै गरी एरिजोना, पेन्सिलभेनिया र विस्कोन्सिन यस चुनावमा स्विंग स्टेट हुने विश्वास गरिन्छ । वाइडेन र ट्रम्पको टक्कर यी राज्यहरूको कारण रोमान्चक हुन सक्छ । स्विंग राज्यहरूलाई युद्ध मैदान वा बैजनी राज्य पनि भनिन्छ । बैजनी भनेको निलो र रातोसँग मिसिएको रंग हो । चुनावीको मैदानमा यी राज्यमा कसैले पनि जित्न सक्छ ।
डेमोक्रेट पार्टी
डेमोक्र्याट पार्टी अमेरिकाको सबभन्दा पुरानो पार्टी हो । करीब २०० बर्ष पुरानो (१८२८ जनवरी ८)मा यो पार्टी औपचारिक गठन हुनु अघि फेडरल पार्टी पनि भनेर चिनिन्थ्यो । प्रारम्भिक चरणमा यो पार्टीले पँुजीवादी समर्थकको रूपमा देखियो । यद्यपि, पार्टी नीतिहरूमा परिवर्तन २० औं शताब्दीमा स्पष्ट देखिन्थ्यो। यसलाई व्यापक रूपमा आधुनिक उदारवादको समर्थकहरुको पार्टीका रुपमा चिनाउन थालियो ।
रिपब्लिकन पार्टी
रिपब्लिकन पार्टीको स्थापना १८५४ मा भयो । यसलाई जीओपी पनि भनिन्छ । यसको मतलब ग्रान्ड ओल्ड पार्टी हो । डोनाल्ड ट्रम्प यस पार्टीको सदस्य हुन । यसका नीतिहरू मूलतः अमेरिकी परम्परा वा परम्परावादका समर्थक हुन् । यसको विचारधाराका अनुसार सरकारहरूले नागरिकको जीवनमा धेरै हस्तक्षेप गर्नु हुँदैन । करहरू घटाउने कुरामा जोड दिन्छ । गर्भपात र आप्रवासन समर्थन गर्दछ । यस पार्टीका अधिकांश समर्थकहरू अमेरिकालाई उत्तम मान्ने सेतो जातका मानिसहरु छन् । तिनीहरू बन्दूक संस्कृतिको विरोध गर्दैनन् ।
प्रतिक्रिया दिनुहोस