दाङ । दाङको तुल्सिपुरमा सोमबार देखि ‘गार्डेन मार्ट’ सञ्चालनमा आएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्याएको हो ।
मोफसलका ग्राहकलाई समेत आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याइएको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले बताए । यो मार्टमा उपकार ब्रान्डलगायतका अन्यविभिन्न ब्राण्डका चामल, दाल, चिनी, चियापत्ति, चकलेट, ध्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, व्यागलगायतका सामग्री विक्रिका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पूर्ण सामाग्रीहरुमा विशेष छुट समेत दिएको छ ।
बहुउद्देश्यीय सहकारी भएकाले यसले बचत तथा ऋण संकलनका अतिरिक्त शेयर सदस्यलाई प्रत्यक्ष फाइदा पु¥याउने उदेश्यले अन्य विभिन्न क्षेत्रमा समेत लागानी विस्तार गरिरहेको छ । मुख्य प्रबन्धक गौतमले बहुउद्देश्यीय प्रकृति अनुसार नै ‘गार्डेन मार्ट’ सञ्चालन गरिएको बताउँदै मुलुकका विभिन्न क्षेत्रमा करिव २ सयको हाराहारीमा मार्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।
उभोक्ताहरूले एउटै छानामुनि सुलभ मूल्यमा सवै किसिमका दैनिक उपभोग्य सामान किनमेल गर्न सकुन भन्ने उदेश्यले मार्ट सञ्चालनमा ल्याएको मुख्य प्रवन्धक गौतमले बताए । गौतमका अनुसार मार्टमा स्थानीय ५० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् । दाङमाखुलेको यो संस्थाको तेश्रो मार्ट हो । सहकारीले यस अगाडी डडेलधुरा र भक्तपुरमा मार्ट सञ्चालनमा ल्याइसकेको छ ।
प्रतिक्रिया दिनुहोस