aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास, के के होलान् सुबिधा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास, के के होलान् सुबिधा ?

प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । 

एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ । 

सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ । 

अहिलेको संरचना भत्काएर बालुवाटारमै नयाँ दुई भवन बन्दैछ । भवनमा डाक्टर कक्ष,  डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म हुनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा  छ । 

प्रतिक्रिया दिनुहोस