aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

करिब १२ लाख ६३को सुन र नगद लुटपाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ कार्तिक २०७७
करिब १२ लाख ६३को सुन र नगद लुटपाट

पाल्पा । रामपुर नगरपालिका-८ ढकालचौपारी बस्ने ६९ वर्षीया महिलाको घरबाट नगद ३ लाख रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बरारको सुनका गरगहना समेत गरी करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति लुटपाट भएको छ । 

ती महिलाको घरमा आएका ३ जना अपरिचित ब्यक्तिहरुले बिजुली बन्द गरी पानी पिउन मागेको र पानी दिने क्रममा अचानक खुकुरी देखाई कुटपिट गरी उक्त धनमाल लुटपाट गरेको बताइएको छ ।

कुटपिटबाट घाइते महिलाको रामपुर अस्पताल पाल्पामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस