
एजेन्सी । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अमेरिकी मतदाताहरूले मतदान गरेका छन् । कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ । बहालवाल राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छन ।
इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् तर पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको थिए । कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए।
आउँदो चार बर्षसम्म जसको हातमा अमेरिकाको सबैभन्दा शक्तिशाली राष्ट्रको सत्तामा हुनेछन । अमेरिकी नागरिकहरूले आफ्नो मतमार्फत यस निर्णय गरेका छन् । अमेरिकामा ४५ औं राष्ट्रपति पदको लागि मतदान समाप्त भएको छ । यस शक्तिशाली पदका लागि मुख्य प्रतिस्पर्धा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेन छन।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अलाबामा, मिसिसिप्पी, ओक्लाहोमा र टेनेसीमा जितेका छन् । जबकि डेमोक्र्याट जो बाइडेनले कनेक्टिकट, डेलावेयर, इलिनोइस, मेरील्याण्ड, म्यासाचुसेट्स, न्यू जर्सी र रोड आइलैंड जितेका छन् । ट्रम्पले ती चार राज्यमा ३३ भोट प्राप्त गरेका छन भने बाइडेनले ७ राज्यमा जम्मा ६९ भोट प्राप्त गरेका छन् । पछिल्लो परिणाम अनुसार जम्मा २७० इलेक्टोरल कलेजमध्ये ८० इलेक्टोरलमा वाइडेले जित हात पारेका छन भने ट्रम्पले ५१ इलेक्टोरलमा जित हात पारेका छन् ।
प्रतिक्रिया दिनुहोस