aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अमेरिकी राष्ट्रपति चुनाव बाइडेनले जित्ने पक्का !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ कार्तिक २०७७
अमेरिकी राष्ट्रपति चुनाव बाइडेनले जित्ने पक्का !

एजेन्सी । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले बहुमत पाउने लगभग पक्का भएको छ । उनी रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा धेरै अगाडि देखिएका छन् ।

बीबीसीका अनुसार हालसम्म ५० मध्य ३४ राज्य नजिता आइसकेको छ ।  ३४ राज्यको नतिजासम्म बाइडनले २०५ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा १३६ इक्लेक्टोरल भोट परेको छ ।

राष्ट्रपति पदको चुनाव जित्नको लागि कुल २७० चुनावी मतहरु आवश्यक पर्छ । जबकि कुल चुनावी मतदान ५३८ छ । यद्यपि यस पटक अधिकांश मतहरू पोष्ट बक्स हुलाकको माध्यमबाट प्रयोग गरिएको छ । यस प्रकारले प्रारम्भिक परिणाम र अन्तिम परिणामहरू बीच ठूलो भिन्नता हुन सक्ने अनुमान गरिएको छ । 

७७ वर्षपछि रिपब्लिकनको गढ मानिएको एरिजोनमा डेमोक्रेट बाजी मारेको छ । २०१६ मा ट्रम्पले यहाबाट ३ प्रतिशत बढी भोट पाएका थिए भने यस पटक ३ प्रतिशत कम भोट पाएका छन् । 

ट्रम्पका एक राजनीतिक सल्लाहकारले यस निर्वाचनलाई ’छ राज्यको भिडन्त’का रूपमा हेरेको बताएका छन्  । ती राज्यमा ट्रम्पको सम्भावना राम्रो भएको उनले दावी गरेका छन् । तर  डेमोक्रेटिक पक्षधर ठाउँबाट प्रारम्भिक मतदानको मात्रा अनपेक्षित छ ।

’यदि फ्लोरिडा बाइडनको पक्षमा गए, खेल खत्तम भन्ने विश्लेषण गरेका छन् । यदि ट्रम्पको पक्षमा गए, खेल जारी रहनेछ’, ती व्यक्तिले दावी गरेका छन् । ट्रम्प फ्लोरिडामा जीत निकालेका छन । फ्लोरिडामा जम्मा २९ चुनावी भोटहरू थिए र यस डोनाल्ड ट्रम्पले चुनावी मतको दौडमा केहि अघि बढेका छन । ट्रम्पले टेक्सासबाट पनि ठूलो सफलता हासिल गरेका छन् । ट्रम्पले आफ्नो खातामा ३८ चुनावी मतहरू जितेका छन्।

अमेरिकी काउन्सिल अफ अमेरिकन सर्वेक्षणका अनुसार  अमेरिकामा गरिएको एक सर्वेक्षण अनुसार ः६९ प्रतिशत अमेरिकी मुस्लिम मतदाताले चुनावमा डेमोक्रेट उम्मेदवार जो बाइडेनलाई मतदान गरेका छन् । जबकि लगभग १७ प्रतिशत अमेरिकी मुस्लिम मतदाताहरूले डोनाल्ड ट्रम्पलाई पनि भोट दिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस