
काठमाडौं । सरकारले विकास खर्चको लक्ष्य भेट्न प्रतिदिन ५० अर्ब खर्च गर्नुपर्ने देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आवको जेठ २८ गतेसम्म सरकारको पुँजीगत खर्च ४६.२२ प्रतिशतमात्रै भएको छ ।
चालू आव ०७५/७६ का लागि पुँजीगततर्फ ३ खर्ब १३ अर्ब रुपैयाँ छुट्याएकोमा मंगलबारसम्ममा १ खर्ब ४६ अर्ब रुपैयाँ बराबरमात्रै खर्च भएको देखिन्छ । जसअनुसार अब ३४ दिनमा सरकारले १ खर्ब ६७ अर्ब खर्च गर्नुपर्ने देखिएको छ । जसअनुसार प्रतिदिन ५० अर्ब खर्च गर्नुपर्ने देखिन्छ । त्यसकारण पनि सरकारले असारमा जबर्जस्ती खर्च गरेर आफ्नो काम देखाउन खोज्दैछ ।
सुरुमा दुईतिहाइको सरकारले पुँजीगत खर्चमा अघिल्लो आवको तुलनामा निकै सुधार गर्ने प्रचारबाजी गरे पनि आवको अन्तिमसम्म आइपुग्दा पुरानै अवस्था दोहोरिएको छ । सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै घटाएर २ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य बनाएको भए पनि सरकारको कामको गति हेर्दा संशोधित लक्ष्य पनि पूरा नहुने देखिन्छ । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस