
काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनलाई दुई वर्ष पुरानो आत्महत्या दुरुत्साहन मुद्दामा मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार गोस्वामीलाई ५३ वर्षीय इन्टेरियर डिजाइनर र उनका आमाले २०१८ मा आत्महत्या गर्न बाध्य पारेको मुद्दामा प्रहरीले पक्राउ गरेको हो। रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ ।
गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । रिपब्लिकन टेलिभिजनले यसअघि नै बन्द भइसकेको मुद्दामा गोस्वामीलाई पक्राउ गरिएको आरोप लगाएको छ ।
गोस्वामीले प्रहरी भ्यानमा आफूलाई राख्नु पहिले दुव्र्यवहार गरिएको दाबी गरेका छन्। यसअघि गोस्वामी विभिन्न विषयमा लिएको टिभी अन्तर्वार्ताका कारण विवादमा मुछिदै आएका थिए।
प्रतिक्रिया दिनुहोस