aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

भारतीय सेनाप्रमुख नरवणे कामठाडौं आइपुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ कार्तिक २०७७
भारतीय सेनाप्रमुख नरवणे कामठाडौं आइपुगे

कामठाडौं । भारतीय सेनाको विशेष विमानमार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्। बुधबार मध्यान्ह नरवणे नेपाल भ्रमणमा आएका हुन्।

नरवणेको भ्रमण टोली दुईवटा विमानमा आएको विमानस्थल स्रोतले जनाएको छ। उनको स्वागतका लागि नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु विमानस्थल पुगेका थिए।

बिहीबार बिहान उनले टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै जंगी अड्डाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। निरीक्षणपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल गर्नेछन्।

प्रतिक्रिया दिनुहोस