aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ कार्तिक २०७७
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ

वासिङ्टन ।  राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगै अरु सयौँले प्रदर्शन गरेका थिए । 

शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकहरुले आपत्ति जनाएका छन् ।  उनीहरुले प्रदर्शन गर्दा सडक समेत अवरुद्ध भएको थियो । प्रदर्शनकारीहरुले हामी न्याय पाउदैनौँ भने उनीहरुले शान्ति पाउँदैनन् भन्ने नारा लगाएका थिए । एएनआई

प्रतिक्रिया दिनुहोस