aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ट्रम्पले धाधलीको आरोप लगाएपछि अब अमेरिकी चुनाव कता जान्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ कार्तिक २०७७
ट्रम्पले धाधलीको आरोप लगाएपछि अब अमेरिकी चुनाव कता जान्छ ?

एजेन्सी । अमेरिकाको राष्ट्रपति को हुनेछ ? सबै जना यस प्रश्नको उत्तरका लागि पर्खिरहेका छन् । अमेरिका मात्र होइन, विश्वभरीका आँखाहरू पर्खिरहेका छन् । तर, यो अहिलेसम्मका संकेतहरूबाट स्पष्ट छ कि अमेरिकामा चुनावको नतिजा यति सजीलो घोषणा गरिने छैन । जुन पहिल्यै आशा गरिएको थियो । प्रारम्भिक नजितामा जो बाइडेन नेतृत्व गरिरहेका छन् । तर डोनाल्ड ट्रम्पले भने, आफूले जितेको घोषणा गरेका छन् । 

यस्तो अवस्थामा अब यो लडाई अदालत र सिनेटलाई हस्तान्तरण गरियो गर्ने सम्भावन देखिदै छ ।  किनकि यदि कुनै उम्मेद्वारले हालको नतिजा स्वीकार गरेनन् भने अमेरिकी इतिहासमा यस्तो अवस्था आउन सक्छ जुन अझसम्म खुलाइएको छैन ।

अहिले अमेरिकाको स्थिति कस्तो छ ?
अमेरिकाका मानिसहरूले नोभेम्बर यल मा मतदान गरे र मतदान सकिएर गन्ती शुरू भएको छ । हालको तथ्यांक अनुसार जो बिडेनले करीव २३८ चुनावी मत प्राप्त गरेका छन जबकि डोनाल्ड ट्रम्पको खातामा २१३ मत प्राप्त गरेका छन।  यो मात्र प्रारम्भिक आंकडा हो र अन्तिम आंकडा यस भन्दा बिभिन्न हुन सक्छ । जीतका लागि दुर्ब उम्मेदवारलाई  २७० इलेक्टोरल चाहिन्छ ।

वास्तवमा अमेरिकी निर्वाचन इतिहासमा यो पहिलो पटक हो जब एक करोडका हाराहारीमा हुलाकबाट हालिएको थियो । चुनावका लागि १६ करोड मानिसले मात्र दर्ता गरेका थिए । अमेरिकी मिडियाको रिपोर्टका अनुसार केही राज्यमा ३ नोभेम्बरमा मात्र भोट थियो । ती राज्यहरुको भोट बक्स अहिलेसम्म पनि खोलिएको छैन ।   यद्यपि अन्य साना राज्यहरूमा दुबै मतहरू गणना भइरहेको छ । हालको नतिजा अन्तिम मानिदैन र हुलाक मार्फत आएको भोटको गन्ति हुन अझै केहि समय लाग्न सक्छ । 

प्रश्न केवल मतको संख्या मात्र होइन हाल आइरहेको मत परिणाममा पनि उठाइएको छ । किनकि डोनाल्ड ट्रम्पले आरोप लगाएकी केही राज्यहरुमा मतगणना गलत भइरहेको छ । यस्तो अवस्थामा उनी सर्वोच्च अदालतमा पुग्न सक्छन । त्यो  अदालतको लडाई केही राज्यहरूको नतीजाका बारेमा शुरु हुन सक्छ ।

जो बिडेन र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा भइरहेको छ । यस्तो अवस्थामा अन्त्यमा पनि नातिजा बराबर पनि हुनसक्छ ।  किनकि अहिले केही पार्टीहरूमा दुबै दल नेतृत्व गरिरहेका छन् । यदि चुनावी मत २६९÷२६९ भयो भने फेरि नयाँ राष्ट्रपतिको जितका लागि अमेरिकी रिनेटमा गएर अड्कीन सक्छ ।  

प्रतिनिधिसभाले सर्वप्रथम उपराष्ट्रपति छनौट गर्नेछन ।  त्यसपछि मतदान मार्फत सम्पूर्ण सिनेटले अन्तमा राष्ट्रपति छनौट गर्नेछ। तर, यस प्रक्रियामा समय लाग्न सक्छ र पूर्ण परिणामहरूको लागि डिसेम्बरसम्म कुर्नु पर्ने हुन सक्छ ।
 

प्रतिक्रिया दिनुहोस