aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

पेरिस सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ कार्तिक २०७७
पेरिस सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरियो

कुन्दुज । संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ ।अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । ती सञ्चारमाध्यमहरुका अनुसार अमेरिकाले गत वर्षदेखि शुरु गरेको सो अभियानबाट आज बुधबार औपचारिक रुपमा बाहिरिएको हो ।

उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ देखि शुरु गरेको थियो । त्यस निर्णयको कार्यान्वयन बुधबार भएको बताइएको हो । विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरुसँग एक सम्झौता गरेको थियो ।

त्यो सम्झौतामा अमेरिकाले पनि हस्ताक्षर गरेको थियो । तर पछि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि उनले यस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए । अमेरिकाको यो निर्णयको विश्वका प्राय देशहरुले विरोध गरेका थिए । तर पनि ट्रम्प प्रशासनले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएका थिए ।

केही महिना अघिसम्म नै उक्त सम्झौताबाट नहट्न अमेरिकालाई विश्वका नेताहरुले आग्रह गरिरहेको भए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले भने सो निर्णय मानेन् ।

 

प्रतिक्रिया दिनुहोस