सुनसरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बीपी कोइराला विज्ञान प्रतिष्ठानलाई एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा रोक्न निर्देशन दिएका छन् ।
चिकित्सा शिक्षा आयोगका सहअध्यक्षसमेत रहेका उनले प्रतिष्ठानका उपकुलपतिले डिनको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरेकोप्रति असन्तुष्टिसमेत जनाएका छन् ।
प्रतिष्ठानले एमबीबीएस बीडीएस प्रवेश परीक्षा साउन १८ गते र एमडीएस एमडीएमएसको प्रवेश परीक्षा असार २२ गते तोकेर फारम वितरण गरिसकेको थियो ।
'विगतका वर्षमा जस्तै शिक्षाध्यक्षको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरी परीक्षाको निष्पक्षता, स्वच्छता, पारदर्शिता र स्तरीयता कायम राखी काम कारबाही अगाडि बढाउन हुन निर्देशन दिएको छु' पोखरेलले पठाएको निर्देशनपत्रमा भनिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस