aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नतिजा आउनु अगावै बाइडेनले गरे ह्वाइट हाउसको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
नतिजा आउनु अगावै बाइडेनले गरे ह्वाइट हाउसको तयारी

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा जो उम्मेद्वारले जित हासिल गर्छन् उसले जनवरीमा ह्वाइट हाउस प्रस्थानको तयारी अघि आफ्नो एक ट्रान्जिशन टीमको गठन गर्छ ।

जस्तै कि हामीलाई थाहा छ कि अहिलेसम्म कुनै विजेता भइसकेको छैन तर दुबै उम्मेद्वारलाई विश्वास छ कि उनीहरुकै जीत हुनेछ । दुबैले यस्तो धारणा पेश गरिरहेका छन् ताकि पदको दौडमा उनीहरु नै अघि देखिउन् । अब जो बाइडनले ‘बिल्ड ब्याक बेटर’ नामबाट ट्रान्जिशन वेबसाइट सुरु गरेका छन् ।

यसमा लेखिएको छ, ‘देश जुन तरिकाले संकटबाट गुज्रिरहेको छ त्यसमा महामारीको विषयमा आर्थिक मन्दी र जलवायु परिवर्तनदेखि जातीय अन्यायजस्ता गम्भीर मुद्दा समावेश छन् । ट्रान्जिशन टीमले तीब्र रुपमा तयारी गर्नेछ जसका कारण बाइडन–ह्यारिश प्रशासन पहिलो दिनदेखि नै काम सक्नेछन् ।’

बुधबार बाइडनले आफू राष्ट्रपति बनेको पहिलो दिन नै पेरिस जलवायु सम्झौतामा अमेरिकालाई पुनः समावेश गर्ने दोहोराए । बुधबार अमेरिका आधिकारिक रुपमा यो सम्झौताबाट निस्किएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस