aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अमेरिकाको राष्ट्रपति चुनाव रोचक बन्दै, बाइडेनले ओमाबाको रेकर्ड समेत तोडे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
अमेरिकाको राष्ट्रपति चुनाव रोचक बन्दै, बाइडेनले ओमाबाको रेकर्ड समेत तोडे

एजेन्सी । अमेरिकामा राष्ट्रपति चुनाव कसले जित्न सक्छ यो थाहा पाउनु अझै केहि घण्टा कुर्न पर्ने हुन्छ । तर, अहिलेसम्मको चुनावी परिणाम हेर्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले धेरै इलेक्टोरल भोटमा कब्जा जमाइसकेका छन् ।  २०१६ को चुनावमा डोनाल्ड ट्रम्पले जितेको मिसिगन र विस्कोन्सिन राज्यमा पनि बाइडेनले जितेका छन् ।

ट्रम्पका समर्थकहरू र विरोधीबीचमा हालको चुनावी परिणामलाई लिएर धेरै अमेरिकी राज्यहरूमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । अहिलेसम्म ६०भन्दा बढीलाई गिरफ्तार गरिएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । 

न्यु योर्क टाइम्सका अनुसार उनले २५३ इलेक्टोरल भोट बाइडेनले जितिसेको जनाएको छ । उता रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्पको खातामा २१४ इलेक्टोरल भोट पाएका छन् । बाइडेनले उनकै पाटीको १२ वर्षदेखिको इतिहास समेत तोडेका छन् । बिहीबार बिहानसम्म बाइडेनले ७ करोड १० लाख पपुलर भोट पाइसकेका छन् ।  २००८ मा ओबामाले ६ करोड ९४ लाख ५१६ भोट पपुलर भोट पाएका थिए । 

अमेरिकाका यी राज्यहरुको नजिता आउन बाँकी रहेको छ ।  अलास्का (३ इलेक्टोरल मत), एरिजोना (११ इलेक्टोरल मत ), नेभादा (६ इलेक्टोरल मत ), नर्थ क्यारोलिना (१५ इलेक्टोरल मत), जर्जिया (१६ इलेक्टोरल मत) र पेन्सिलभेनिया (२० इलेक्टोरल मत ) को नतिजा आउन बाँकी छ । अहिले पनि गणना जारी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस