aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

झन् चिसियो सम्बन्ध, ओली र प्रचण्डबीच भनाभन

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शुक्रबार, २१ कार्तिक २०७७
झन् चिसियो सम्बन्ध, ओली र प्रचण्डबीच भनाभन

काठमाडौं । नेकपाको दुई अध्यक्ष प्रायः झगडा गर्छन् । कुनै बिन्दुमा पुगेपछि भेट्छन् । त्यहीँ विवाद गर्छन् । अडान राख्छन् । सम्बन्ध झन् चिस्याएर छुट्छन् । अहिले त्यही भइरहेछ । 

पाँच दिनसम्मको आरोप–प्रत्यारोेपबीच अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार बालुवाटारमा करीब एक घण्टा भेटे । तर, छलफल गत शनिबारको भन्दा झन् बिथोलिएपछि त्यत्तिकै टुंगिएको बालुवाटार स्रोतले बतायो । 

छलफलमा दुई अध्यक्षबीच केही विषयमा भनाभनै चल्यो । ती, बिषय थिए, बुधबार प्रधानमन्त्री ओलीले प्रदेश १ का आफूनिकट नेताहरुसँग गरेको जुम बैठक, त्यहाँ जनताको बहुदलीय जनवाद (जबज) को पक्षमा बहस चलाएको, मदन भण्डारी फाउन्डेसनलाई वडा तहसम्मे विस्तार गरेर लैजान दिइएको निर्देशन, एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले पदबाट राजीनामा दिँदै नदिने भनी दिएको अभिव्यक्ति र प्रधानमन्त्रीबाट राजीनामा दिँदा देश नै बर्बादीमा जाने भनी दिएको अभिव्यक्ति । 

यो विषयमा विवाद भएपछि दुई अध्यक्षबीच बिहीबारको छलफल लामो समय चल्न सकेन ।

प्रतिक्रिया दिनुहोस