
एजेन्सी । अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनबीचमा वाक युद्ध चलेको छ । विहीबार ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा ‘धाँधली’ गरिएको आरोप फेरि लगाएका छन् । उनले वैध मतहरू मात्रै गणना गर्ने हो भने म सजिलै जित्छु भनेका छन् । हुलाकमार्फत् गरिएको मतदान ‘एकतर्फी’ भएको र त्यहा धाँधली भएको उनले दावी गरेका छन् ।
अर्को उम्मेदवार बाइडनले मतगणना जारी रहँदा डेमोक्रेटिक उम्मेदवार बाइडनले मानिसहरूलाई ‘संयमित’ हुन आह्वान गरेका छन्। उनले, भने लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ, तर प्रक्रियाले काम गरिरहेको हुन्छ । अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन्।
यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै बाइडनले विजयी भएको घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए।
जितका लागि महत्त्वपूर्ण मानिएका राज्यहरूमा मतगणना जारी रहँदा बाइडनले ट्रम्पविरुद्ध अग्रता बढाउँदै लगेका छन्। निकै महत्वपूर्ण रहेको पेन्सल्भेनियामा ट्रम्पको अग्रता साँघुरिँदै गएको छ । उता ट्रम्पको चुनावी अभियानले भने नेभाडा, विसकन्सिन, जर्जिया, पेन्सिलभेनिया र मिसिगनमा पुनः मतगणना गर्नुपर्ने माग गरेका छन ।
जितका लागि आवश्यक पर्ने २७० इलेक्टोरल मत आवश्यक पर्नेमा बाइडेन ६ मतले मात्रै पछि छन् । फक्स न्यूजका अनुसार बाइडेनले अहिलेसम्म २६४ र ट्रम्पले २१४ इलेक्टोरल भोट पाएका छन् ।
निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जितेसँगै जो बाइडेन विजय उन्मुख भएका हुन । मतगणना जारी रहेका केही राज्यमा राष्ट्रपति ट्रम्प अहिले पनि अगाडि छन् ।
अहिले मतगणना भइरहेका राज्यहरु पेन्सिलभेनिया (२० इलेक्टोरल पत)मा डोनाल्ड ट्रम्प अगाडि रहेका छन् । नर्थ क्यारोलिना (१५ इलेक्टोरल मत) डोनाल्ड ट्रम्प अगाडि छन् ।
जर्जिया (१६ इलेक्टोरल मत) डोनाल्ड ट्रम्प, अलास्का (३ इलेक्टोरल मत) डोनाल्ड ट्रम्प र नेवादा(६ इलेक्टोरल मत) जो बाइडेन अगाडि रहेका छन् । बाइडेनले अहिले अग्रता लिइरहेको नेवाडा राज्यमा मात्र जिते भने पनि राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस