aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ट्रम्पले चुनाव हारेर पनि व्हाइट हाउस छोडेनन भने के हुन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ कार्तिक २०७७
ट्रम्पले चुनाव हारेर पनि व्हाइट हाउस छोडेनन भने के हुन्छ ?

एजेन्सी । अमेरिकामा राष्ट्रपति चुनावको शुक्रवार मतगणनाको तेस्रो दिन हो । जो बाइडेनले २६४ र डोनाल्डट्रम्पले २१४ इलेक्टोरल मत जितेका छन् । चार राज्यको नतिजा भने आउन बाँकी छ । त्यसकारण, ‘को बन्छ राष्ट्रपति’ को प्रश्नको सही जवाफ पाउन अब थोरै कुर्नु पर्दैन ।

तर, चुनावी परिणामलाई लिएर असान्तुष्टी पोखिरहेका वर्तमान राष्ट्रपतिले चुनाव हारेर पनि ह्वाइट हाउस छोड्ेनन भने के हुन्छ भन्ने प्रश्न धेरैको दिमागमा उम्जीन थालेको छ ।  
अमेरिकामा नयाँ राष्ट्रपतिले सँधै २० जनवरीमा शपथ लिन्छन्। यसलाई इनागरेशन डे भनिन्छ । यसभन्दा धेरै दिन अघि राष्ट्रपति (वा उम्मेद्वार) जसले दुई कार्यकाल र चु्नावमा हारेको हुन्छ, ह्वाइट हाउस छोड्छन् र खाली हुन्छन् । 

न्यु योर्क पोस्टको रिपोर्ट अनुसार बाइडेनलाई जूनमा सोधेको थियो ।  यदि ट्रम्पले चुनाव हारेर पनि ह्वाइट हाउस छोडेन भने के हुन्छ भन्ने प्रश्नमा बाइडेनले भनेका थिए, यदि यस्तो भयो भने सेनाले बलपूर्वक तिनलाई त्यहाँबाट बाहिर निकाल्नेछ । 

उक्त प्रतिवेदनका अनुसार अमेरिकी राजनीतिक इतिहासमा यस्तो कहिल्यै भएको छैन । यसपटक ट्रम्पको चरित्र र उनको सोचका कारण अमेरिकीहरु नै यस्तो सोच्दैछन । त्यसकारण, त्यहाँ केही आशंकाहरू छन् ।ट्रम्पले धेरै पटक भनेका छन । शक्ति हस्तान्तरण वा पावर ट्रान्सफरको आवश्यकता पर्ने छैन ।

‘म व्हाइट हाउसमा नै रहनेछु ।’ उनले यसभन्दा पहिला भनेका यी शब्दहरुे अब खतराको रूपमा देखिएको छन । अहिले चुनावको मत परिणामलाई उनले चुनौति दिइरहेका छन् त्यसको दोस्रो विकल्प कानुनी लडाईमा गएर आफ्नो कार्यकाल लम्ब्यिाउने हुनसक्छ । 
 

प्रतिक्रिया दिनुहोस