aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

श्रोत नखुलेको नगद ४० लाखसहित एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ कार्तिक २०७७
श्रोत नखुलेको नगद ४० लाखसहित एक पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका २ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस